काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले पूर्वस्वीकृती लिएर मात्रै शैक्षिक मेला तथा प्रदर्शन गर्न निर्देशन दिएको छ ।
मन्त्रालयअन्तर्गतको उच्च शिक्षा महाशाखाको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले सूचना जारी गर्दै पुर्वस्वीकृती नलिई मेला वा शैक्षिक प्रदर्शनी गरेको पाइए कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको हो ।
शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धि निर्देशिका २०७३ अनुसार मन्त्रालयले निर्देशन दिएको हो ।