काठमाडौँ, पौष १३ \ माउण्टेन टिभी एचडि। दशकौं लामो राजनीतिक संघर्षका बाबजुद पनि नेताहरुलाई नमिलेको उपलब्धि रवि लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री भएबाट मिलेको छ । राष्टिय स्वतन्त्र पार्टीलाई प्रतिनिधि सभामा २० सिट दिलाएर उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेपछि उहाँका समर्थकले ठूलो खुशियाली नै मनाएका छन् ।
तर, पदबाहिर र भित्र रहनुभित्र निकै ठूलो अन्तर हुने भएकाले रविका लागि आगामी दिन चुनौतपूर्ण छ ।