सुरक्षा समितिको बैठक सम्पन्न, गृहमन्त्रीले लिए ब्रिफिङ | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८१, बुधवार

सुरक्षा समितिको बैठक सम्पन्न, गृहमन्त्रीले लिए ब्रिफिङ

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको पहिलो बैठक सम्पन्न भएको छ ।

उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले सोमबार पदभार ग्रहण गरेसँगै सुरक्षा निकायका प्रमुखहरुलाई बैठकका लागि डाँकेका हुन् ।

बैठकमा गृहमन्त्री लामिछानेले सुरक्षा निकायका प्रमुखहरुसँग समसामयिक विषयमा सबै अपडेट लिएको गृहमन्त्रीका स्वकिय सचिव दिपक बोहोराले जानकारी दिए ।

बैठकमा गृहमन्त्रालयमा नेपाली सेनाका रथी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, गृहसचिव विनोदप्रकाश सिंह र सहसचिव फणिन्द्रमणि पोखरेल उपस्थित थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);