फरक विचार भएका दललाई साथ लिएर सत्ता हाँक्न दाहाललाई छैन सहज ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

पुष २९ २०८१, सोमबार

फरक विचार भएका दललाई साथ लिएर सत्ता हाँक्न दाहाललाई छैन सहज ( भिडियो रिपोर्ट )

बटुक राज गिरि \ माउण्टेन टिभी एचडि ।

काठमाडौँ, पौष १२ ।  मुलुकले माओवादी अध्यक्ष प्रचण्डलाई ४५ औं प्रधानमन्त्रीका रुपमा पाएको छ। त्यसैगरी माओवादी केन्द्रबाट २, एमालेबाट ४, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबाट १–१ जना मन्त्री बनेका छन् । माओवादी केन्द्रबाट उपप्रधानसहित भौतिक पूर्वाधारमन्त्रीमा नारायणकाजी श्रेष्ठ, एमालेबाट उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गृहसहित उपप्रधानमन्त्रीमा रवि लामिछाने, जनमत पार्टीबाट उद्योग वाणीज्य तथा आपूर्ति मन्त्रीमा अब्दुल खानले मन्त्रालयको जिम्मेवारी पाएका छन् । ्एमालेका ज्वालाकुमारी शाह, दामोदर भण्डारी र राजेन्द्र राईले पनि पछि मन्त्रालय तोकिने गरी मन्त्री बने । काँग्रेस र माओवादीसहितको यसअघिको गठबन्धन भत्काउन एमालेले रणनीतिक रुपमै पावर शेयरिङमा अन्य पदहरुबाट लाभ हुने भएपछि माओवादीलाई प्रधानमन्त्री पद सुम्पिएको र अरु साना दल प्रचण्डको नेतृत्वमा सरकारमा गएको देखिन्छ। तर, राष्ट्रिय प्रजातन्त्र पार्टीले भने अहिलेको सरकारलाई समर्थन मात्रै गरेर सरकारमा नजाने भएको छ।

राष्ट्रपति पद पनि नछोड्ने र प्रधानमन्त्रीको पहिलो २ वर्षे कार्यकाल पनि नछोड्ने कांग्रेसको हठ नै नयाँ गठबन्धनको कारक भन्दा यसको फाइदा एमाले लगाएत साना दलहरुले लिए । रवि लामिछानेले छोटो समयमै राजनीतिक जीवनको ठूलो उपलब्धि हासिल गर्नुभयो । उहाँले जनतासँग गरिएका सबै वाचा र प्रतिवद्धता पूरा गर्न बताउनुभयो ।

पहिले पनि आलोपालो सरकारको नेतृत्व गर्ने सहमति एमाले अध्यक्ष ओलीले तोडेको र अहिले कांग्रेसले पनि सहमती नमान्ने छाँटकाँट देखेर एमालेसग सहयात्रा सुरु गरेका प्रचण्डलाई आउँदा दिन चुनौतीपूर्ण नै छ। संकटमा रहेको अर्थतन्त्रलाई सामान्य अवस्थामा ल्याउने देखि जनताका अपेक्षा पूरा गर्ने उत्तरदायित्वमा वर्तमान सरकार कसरी प्रस्तुत होला प्रतिक्षा बनेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);