रवि लामिछानेले भ्रष्टचारीलाई तह लगाउन सक्नुपर्छ : नेता दुलाल | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८१, सोमबार

रवि लामिछानेले भ्रष्टचारीलाई तह लगाउन सक्नुपर्छ : नेता दुलाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता युवराज दुलालले उप–प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टचारीहरुलाई तह लगाउन सक्नु पर्ने बताएका छन् ।

नेता दुलालले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका गृहमन्त्री लामिछानेले लामो समय देखि भ्रष्ट्रचारीहरुलाई पाखा लगाउने विषयको स्मरण गराउँदै अब त्यो अवसर लामिछानेले गुमाउन नहुने तर्क गरे ।

माउण्टेन टेलिभिजनबाट प्रसारण भएको कार्यक्रम ‘माउण्टेन संवाद’मा पत्रकर खगेन्द्र विष्टसँग कुरा गर्दै नेता दुलालले यस्तो बताएका हुन् । दुलालले कुनै पनि प्रभावमा नपरी देशमा सुशासन कायम गर्न उप–प्रधानमन्त्री लामिछानेले जो कोहीलाई पनि कानुनी कठघरमा ल्याउन सक्नु पर्ने धारणा राखेका हुन् ।

त्यो कार्यमा सरकारको कुनै खालको अवरोध नभई पूर्ण साथ सहयोग रहने समेत उनले स्पष्ट पारे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);