काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसी प्रहरीकै नियन्त्रणमा छन् ।
प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट बुटवल पुुगेको प्रहरीको टोलीले उनलाई निवासबाटै नियन्त्रणमा लिएको हो ।
सुन कारोबारसम्बन्धि अवैध मुुद्दामा रकम असुुली गरेको उजुरीको आधारमा उनको घर खनतलासी गर्दा लाखौं रुपैयाँ फेला परेको प्रहरीको भनाइ छ ।
मंसिरमा एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैले राखेको सूचनाको आधारमा उनीमाथि छानबिन सुरु गरेको हो ।
उनको निवासबाट प्रहरीले ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद गरेको छ ।