सत्तागठबन्धन जोगाउन नसकेको भन्दै घिमिरेले मागे देउवाको राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सत्तागठबन्धन जोगाउन नसकेको भन्दै घिमिरेले मागे देउवाको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सभापति शेरबहादुर देउवाको राजीनामा मागेका छन् ।

सत्तागठबन्धन जोगाउन नसकेको भन्दै घिमिरेले देउवाको सभापति र संसदीय दलको नेताबाट तत्कालै राजीनामा दिनुुपर्ने बताएका हुन् ।

‘सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट राजीनामा दिनुुपर्छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो पार्टीका साथीहरुले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ । राजीनामा नदिए चाडै बिशेष महाधिवेशन बोलाइनेछ ।’

उनले अर्को पोस्टमा लेखेका छन्,
१. ७६ वर्षको बूढो साँडेले नै गाईलाई गर्वाधारण गराउनु पर्दछ हामी युवाहरु पनी असक्षम छौं है भन्ने नपुंसक नेता हरुको नामर्दताको परिणाम हो यो ।

२. गगन थापालाई आफ्नै गुटबाट धोका दिएर मन्त्री खान पाउने लालचले लुसुक्क स्याल लुकेझैं लुक्दै अर्कातिर भोट हाल्ने गद्दारहरु प्रमुख जिम्मेवार हुन यो नतिजाको ।

३. २०७४ सालको स्थानिय तहको निर्वाचनमा रेणु दाहाललाई जिताउनका लागि शुरु भएको गठबन्धन आम निर्वाचन २०७४मै टुट्नु अर्थात त्यसको ब्यबस्थापन गर्न नसक्नु अनि आज आएर गठबन्धन सँग चुनाव लडेर प्राप्त भएको जनमतलाई पनि ब्यबस्थापन गर्न नसक्नु भनेको यो नेतृत्व फेल ।

४. हरेक क्षेत्रका आम मतदाताको इच्छा एकातिर नेतृत्वको निर्णय अर्कातिर । मतदाताको मनोभावना एक पटक बुझ्ने कोसिस गरेका छन आफ्नो क्षेत्रमा गएर यिनले कहिल्यै ???

५. अब फेरि यो कार्यकाल पनि ज्ञापनपत्र बुझाएरै बित्ने भयो जसका लागि केन्द्रीय समितिले ज्ञापनपत्र परिचालन समिती गठन गर्नु पर्ने भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);