काठमाडौं । नेकपा माओवादी केन्द्रको आज पदाधिकारी बैठक बस्दैछ । सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल गर्न बिहान ८ बजे पार्टी कार्यालय पेरीसडाँडामा बोलाइएको हो ।
आजको बैठकमा माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालयहरुमा जाने मन्त्रीहरुबारे छलफल हुन जनाइएको छ ।
माओवादीको पदाधिकारी बैठकपछि ११ बजे उनलाई समर्थन गर्ने दलहरुको बैठक पनि बोलाइएको छ ।
बैठक संसद भवन नयाँ बानेश्वरमा बस्दैछ ।