शैक्षिक नारासहित नेपाल भ्रमणमा निस्किए भट्टराई | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

शैक्षिक नारासहित नेपाल भ्रमणमा निस्किए भट्टराई

काठमाडौं, १० पौष ।   सबको इच्छा, सार्थक शिक्षा, सफा मन सुन्दर जीवन भन्ने नारासहित भोजपुरका नवराज भट्टराई कोहमले देशव्यापी भ्रमण सुरु गरेका छन् ।

शैक्षिक अभियानको नारा लिएर नेपालसहित विश्वका अन्य देशसमेत भ्रमणका क्रममा नेपाली शिक्षा व्यवहारिक,जीवनोपयोगी,संस्कार,सीप र प्रविधियुक्त नभएको हुँदा उक्त शिक्षा प्रणाली सुधार्ने लक्ष्यसहित नेपाल भ्रमण सुरु गरेको भट्टराईले बताएका छन् ।

भट्टराईले गत पुस ५ गते पौवादुङ्मा गाउँपालिका–३ च्यांग्रेको सिंहदेवी प्रावि च्यांग्रे मोहोरियाबाट भ्रमण सुरु गरेका थिए ।

देशव्यापी भ्रमण दुई वर्षभित्र पुरा गर्ने गरी सुरुवात गरेको भट्टराईको भनाइ छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);