‘गुरु’ र ‘सिरिजंगा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’लाई पहिचान पुरस्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

‘गुरु’ र ‘सिरिजंगा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’लाई पहिचान पुरस्कार

काठमाडौँ । पहिचान पुरस्कार कोषले चार लाख राशि रहेको पहिचान पुरस्कार यस वर्ष कविता राईको उपन्यास ‘गुरु’ र अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्धारा सङ्कलित ‘सिरिजंगा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ नामक ग्रन्थलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरेको छ । शनिबार बेलायतमा बसेको कोषको बैठकले उक्त निर्णय गरेको हो ।

‘गुरु’ उपन्यासकी लेखिका कविता राई पेसाले शिक्षक हुन् । भोजपुर, पान्धारेमा स्कूलमा अध्यापन गर्ने राईद्वारा लिखित ‘गुरु’ उपन्यास गाउँले जनजिब्रोमा जोडिएको सरल भाषा शैलीमा लेखिएको छ । विशेष गरी जनयुद्धको विषयलाई तटस्थ ढङ्गले लेखिएको छ । उपन्यासमा पूर्वी पहाडदेखि पश्चिम लमजुङको दुरा डाँडासम्मका कथा, परिवेश र पात्रहरू छन् ।

अर्को ग्रन्थका सङ्कलक तथा अनुवादक अर्जुनबाबु माबोहाङ लिम्बू जातिका संस्कार, संस्कृति र मुन्धुमका अन्वेषक तथा अध्येता हुन् । उनी तेह्रथुमको लालीगुराँस नगरपालिकाका मेयर हुन् । अमित थेवे मिहाङ कवि, पत्रकार तथा सामाजिक अभियान्त हुन् । यी दुई युवाको कृति ‘सिरिजंगा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ एउटा महत्वपूर्ण दस्तावेज हो । यो मातृभाषा र लिपिमा संरक्षण गरिएको ऐतिहासिक दस्तावेज पनि हो । धरानको विजपुरमा क–कस्ले राज्य गरे र सेनवंशीहरुको उदय कसरी भयो भन्ने विषय यस ग्रन्थमा आएको छ ।

पहिचान पुरस्कार कोषका संस्थापक संयोजक नरेश काङमाङ राईका अनुसार चैत्र ४ गते भोजपुरको चखियाडाँडामा एक समारोहको आयोजना गरी पहिचान पुरस्कार अर्पण गरिनेछ । साथै, सो अवसरमा मुन्दुम काव्य–यात्रासमेत आयोजना गरिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);