बाजुरा, ८ पुष । शिक्षाको स्तर वृद्धिमा सहयोग पु¥याउन भन्दै बाजुरामा पढाइ मेला आयोजना गरिएको छ ।
जिल्ला शिक्षा कार्यालय बाजुराको समन्वय र युनिसेफ नेपाल, विश्व शिक्षाको आर्थिक सहयोगमा सेतो गुराँस बालविकास सेवा बाजुराले प्रारम्भिक कक्षा सिकाइ कार्यक्रमअन्तर्गत पढाइ मेला आयोजना गरेको हो ।
प्रारम्भिक कक्षा १ देखि कक्षा ३ सम्मका विद्यार्थीलाई कसरी पठनपाठन गराउने र विद्यालयलाई कसरी बालमैत्री बनाउने भन्नेबारेमा जानकारी आदानप्रदान गर्न मेला आयोजना गरिएको जनाइएको छ । पढाइ मेलामा जिल्लाभरका ९६ भन्दा बढी विद्यालयको सहभागिता थियो ।