सवारी दुर्घटना: मोटरसाइकल चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

राजविराज, ८ पुष ।  राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रायपुर गाउँपालिकास्थित सडकमा गएराति भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रुपनी गाउँपालिका– २ निवासी २६ वर्षीय उतिमलाल मण्डल रहेको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार रुपनी गाउँपालिका– ३ निवासी ४६ वर्षीय महेन्द्रप्रसाद इशर घाइते भएका छन् ।

 

राजविराजबाट रुपनीतर्फ जाँदै गरेको नम्बर खुल्न नसकेको ट्र्याक्टरलाई सोही दिशाबाट जाँदै गरेको स५प १७०३ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक मण्डलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।