काठमाडौं । चाल्स शोभराजलाई मिडियाबाट लुकाउन आज प्रहरीले सक्दो प्रयास गर्यो । सफल पनि भयो । आज रिहा भएका शोभराजको अनुहारसहितको फोेटो मिडियाहरुले कैद गर्न सकेनन् । आखिर प्रहरीले किन यसो गर्यो ? यो विषय चर्चामा छ । मिडियामा बोल्न रमाउने मान्छे हुन्, शोभराज । उनले जेलभित्रै बाट थुप्रै अन्तर्वाता दिएका छन् । जिवनको आधा उमेर जेलमै बिताएका उनले दर्जनौ अन्तर्वार्ता दिएका छन् ।
शोभराजले मिडियालाई आफ्नो तस्बिर खिच्न नदिन आग्रह गरेको भन्दै आज प्रहरीले उनलाई जेलबाट लुकाएरै अध्यागमन विभाग पु¥यायो ।
यसरी नै यसअघि चर्चित क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी परेको थियो । त्यतिबेला विदेशमा रहेका लामिछानेले नेपाल फर्किनुअघि सामाजिक सञ्जालमार्फत अपिल गर्दै आफू प्रहरीसमक्ष आत्मसमर्पण गर्न तयार रहेको तर हतकडी नलगाउन आग्रह गरेका थिए ।
तर, सो अपिल प्रहरी सिधै खारेज ग¥यो र भन्यो कानुन सबैका लागि बराबर हुन्छ । हतकडी नगाउन गरेको सन्दीपको अपिलमा आफू मिडियामा हतकडीसहित मिडियामा नपरूँ भन्ने नै थियो । यद्यपि प्रहरीले आरोपितलाई कुख्यात अपराधी सरह हतकडीसहित फिल्मी शैलीमा मिडियामा देखाउँदै हिरासतमा लगेको थियो ।
यहाँनिर कुरा सन्दीप र चार्ल्सको होइन कुरो प्रहरीले गर्ने पक्षपातपूर्ण व्यवहारको हो । कुख्यात हत्यारा चाल्सलाई मिडियाबाट जोगाएर विदेश पठाउन सक्ने प्रहरीले बलात्कार आरोपित रहेका लामिछानेलाई समेत ससम्मान जेलमा हिरासतमा लैजान पनि सकिने रहेछ ।
बिकिनी किलर, सिरीअल किलर र द सर्पेन्ट आदि विभिन्न उपनामले चिनिने फ्रान्सेली नागरिक शोभराजलाई सर्वोच्चले बुधबार जेलमुक्त गरेर १५ दिनभित्र स्वदेश पठाउन आदेश दिएको थियो ।