हाडजोर्नी समस्याबाट हैरान हुनुहुन्छ ? यस्ता छन् समाधानका शुत्र | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८१, शुक्रबार

हाडजोर्नी समस्याबाट हैरान हुनुहुन्छ ? यस्ता छन् समाधानका शुत्र

काठमाडौं । जाडो मौसम सुरु भएसंगै हाडजोर्नी समस्याले धेरैलाई सताउने गरेको छ । हाडजोर्नीको समस्याले विशेषगरी वृद्धवृद्धा, गर्भवती र बाथका रोगीलाई बढी सताउँने डाक्टरहरु बताउँछन् ।
गर्मीभन्दा चिसोमा जोर्नीहरूमा रगतका नशाहरू साँघुरिँदा शरीरमा राम्रोसँग रगत सञ्चालन हुन नपाउँदा बाथ रोग लाग्ने हाडजोर्नी विशेषज्ञहरु बताउँछन् । चिसो बढ्दै जाँदा दुखाइ पनि बढ्न थाल्छ ।

बाथ भनेको जोर्नीहरूको झिल्लीमा आउने समस्या हो । चिकित्सकीय भाषामा यसलाई ‘आर्थराइटिस’ भनिन्छ । बाल्यकालदेखि नै बाथ हुनसक्छ । उमेर बढेसँगै चिसो मौसममा जोर्नीमा बढी समस्या देखापर्छ । तातो तथा गर्मी मौसममा जोर्नीका झिल्लीहरू कम मात्रामा सुनिन्छ । त्यसैले कम दुखाइ हुने गर्छ ।

हाडजोर्नी तथा बाथका बिरामी तुलनात्मक रूपमा पुरुषभन्दा महिला बढी हुने गर्छन् । चिकित्सकहरू अनुसार पछिल्लो समय महिलाहरूमा जोर्नीमा समस्यासँगै हात खिइनेदेखि ढाडको बाथको समस्या बढ्दै गएको छ ।

समाधानका उपाय

–झोलिलो पदार्थ नियमित खानुपर्छ ।
–दैनिक ४० मिनेट हिँड्ने । नियमित व्यायाम गर्ने । शारीरिक रूपमा सक्रिय भई मांसपेशी र जोर्नीलाई रोगबाट बचाउन सकिन्छ ।
–सागपात, पोषणयुक्त खानेकुरा नियमित खानुपर्छ ।
–प्रशस्त मात्रामा मनतातो पानी पिउनुपर्छ ।
–हटब्यागको प्रयोग गर्ने, तेल तताएर बेलाबेलामा मसाज गरिरहनु पर्छ ।
–बाथ रोग वंशाणु रोग पनि हुन सक्छ । त्यसैले बाथरोगी आमा बाबुबाट जन्मिएका सन्तानको हेरचाहमा सचेत हुनुपर्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);