एजेन्सी । कोरोनाका कारण चीनको अवस्था नाजुक बन्दै गएको छ । लन्डनमा रहेको ग्लोबल हेल्थ इन्टेलिजेन्स कम्पनी एयरफिनिटीले चीनमा दैनिक १० लाख कोरोना बिरामी आउने गरेको बताएको छ । त्यसैगरी २४ घण्टामा ५ हजारको मृत्यु भैरहेको छ ।
यदि यो जारी रह्यो भने, जनवरीमा दैनिक केसहरू बढेर ३७ लाख पुग्नेछ । जहाँ मार्चमा यो संख्या ४२ लाख हुने भारतीय समाचार पोर्टल दैनिक भाष्करले जनाएको छ ।
तर, चीनको आधिकारिक तथ्यांकमा बुधबार मात्रै २ हजार ९६६ नयाँ संक्रमित र १० जनाको मृत्यु भएको छ । यसअघि एयरफिनिटीले आफ्नो अनुमानमा चीनमा शून्य कोभिड नीति सकिएपछि २१ लाखको मृत्यु हुन सक्ने बताएको थियो।
चीनपछि जापानमा कोरोनाको जोखिम बढेको छ । जापान टाइम्सको रिपोर्टका अनुसार यहाँ ८ औं लहर आएको छ र ओमिक्रोन भेरियन्टका कारण बालबालिकाको मृत्यु भइरहेको छ । ८ महिनामा ४१ बालबालिकाले ज्यान गुमाएका छन् । चीनको बिग्रिएको अवस्थाले जापानको चिन्ता बढाएको छ ।
ओमिक्रोनको नयाँ भेरियन्ट घातक साबित हुन सक्ने विज्ञहरू बताउँछन्। ओमिक्रोनले हालसम्म ४१ बालबालिकाको ज्यान लिएको छ । तीमध्ये १५ जना बालबालिका पहिलेदेखि नै बिरामी थिएनन्। यी १५ मध्ये ४ बालबालिका एक वर्षभन्दा कम उमेरका थिए । २ बालबालिकाको उमेर १ देखि ४ वर्ष र ९ बालबालिका ५ वर्षभन्दा माथिका थिए । जापान टाइम्सको रिपोर्टका अनुसार मृत्यु भएका आधाभन्दा बढी बालबालिका पहिले नै स्वस्थ थिए र उनीहरुमा कोरोनाको कुनै लक्षण थिएन ।
चिनियाँ अस्पतालमा शैयाको कमी छ । सामूहिक अन्त्येष्टि गर्न थालिएको छ । यसैबीच सरकारले फेरि सीमा नाका सिल गर्न थालेको छ । युनान प्रान्तको म्यानमारसँग सीमा जोडिएको रुइली सहरमा सीमा नाकाहरू निगरानी गर्न क्यामेरा र अलार्महरू जडान गरिएको छ। यति मात्र होइन मोसन सेन्सर र विद्युतीय फेन्सिङ पनि जडान गरिएको छ ।
सन् २०२१ मा पनि चीनले सीमा बन्द गरेको थियो । गैरकानुनी रुपमा अन्य मुलुकबाट आउने मानिसलाई रोक्न सीमामा गस्ती बढाइएको छ । रुससँग जोडिएको सहर हियेमा कोविडका लागि जिम्मेवार व्यक्तिको जानकारी दिनेलाई १५ लाख पुरस्कार राखिएको थियो ।