शोभराज अझै जेलमै (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

शोभराज अझै जेलमै (भिडियोसहित)

काठमाडौं । जघन्य अपराधमा दोषी ठहर भई नेपालको जेलमा १९ वर्ष बिताइसकेका चाल्स शोभराज सर्वोच्च अदालतको बुधबार नै रिहा गर्ने आदेश अझै पालना भएको छैन । शोभराज अझै केन्द्रीय कारागारमै छन् ।

अदालतले १५ दिनभित्र उनकै देश फर्काउन समेत आदेश जारी गरेको छ । शोभराज फ्रान्सेली नागरिक भएकाले अध्यागमन विभागमा प्रक्रिया पु¥याउनुपर्ने हुन्छ । यसबारे जेल प्रशासन अझै स्पष्ट छैन ।

शोभराजका तर्फबाट कानून व्यवसायीहरु गोपाल चिन्तन र शकुन्तला थापाले विहीबार जैसिदेवलस्थित केन्द्रीय कारागार पुगेका थिए । उनीहरु जेलरसँग रिहा गर्न भनेका थिए । अधिवक्ता शकुन्तला थापाले शोभराजको शवलाई मात्र उनको देश पठाउने योजना विफल भएको प्रतिक्रिया दिइन् ।

मानवअधिकारको विषय उठाएर शोभराजलाई रिहा गर्न माग समेत हुँदै आएको थियो । अदालतको आदेश अनुसार कारागार प्रशासन प्रक्रिया पु¥याउन दिनभर सक्रिय भयो ।
शोभराजले पटक पटक जेल तोड्न खोजे तर सफल भएनन् । उनलाई गोलघरमा समेत राखियो । विभिन्न देशमा शोभराजविरुद्ध हत्या, ठगी, डकैतीलगायतका मुद्दा छन् । भारतको तिहाड जेलबाट भागेर उनी विगतमा आपराधिक क्रियाकलापमा लागेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);