काठमाडौं । वीरगञ्जकी एक महिलाको हत्या गरेको अभियोगमा एकै घरका दूई दाजुभाई पक्राउ गरेका छन् । श्रीमती रिंकुकुमारीको हत्या गरेको अभियोगमा उनकै पति कुसल दास र देवर भरत दास पक्राउ परेका छन् ।
मध्यरातमा कुसलले रिंकुलाई करेन्ट लगाएर मारेको प्रहरीको आरोप छ । रिंकुको निधन भइसकेपछि भाई भरतलाई बोलाएर कुखुराको चल्ला बोक्ने गाडीले कुल्चिएर मारेको प्रहरीले जनाएको छ ।
दाजुभाईले रिंकुको शव शिवम ह्याचरीभित्र गाडीमा लुकाएका थिए । दाजुभाईको सल्लाहले भाइ भरतले चलाउदै आएको ना.३ ६२४७ नम्बरको गाडीले रिंकुको टाउकोमा किचेका थिए । शव पोस्टमार्टमका लागि नारायणी अस्पताल राखिएको छ। बुधबार बिहान वीरगन्ज महानगरपालिका–२७ जसौलीस्थित सडकमा रिंकु मृत फेला परेकी थिइन्।
कुशल र भरत दुवैजना चालक हुन् ।