हिमाली जिल्ला मनाङमा सबैभन्दा कम मत बदर | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

हिमाली जिल्ला मनाङमा सबैभन्दा कम मत बदर

मनाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा हिमाली जिल्ला मनाङमा सबैभन्दा कम अर्थात् ०.३९ प्रतिशत मत बदर भएको छ ।

मनाङमा प्रत्यक्षतर्फ ०.३९ र समानुपातिकतर्फ ०.९५ प्रतिशत बदर भएको छ ।प्रतिनिधिसभामा प्रत्यक्षतर्फ देशभर भने ५.०६ र समानुपातिकतर्फ ५.०९ प्रतिशत मत बदर भएको छ ।

प्रत्यक्षतर्फ कुल मतदाताको ६१.४१ प्रतिशत अर्थात् १ करोड १० लाख ४७ हजार ३४ मत खसेको थियो । जसमा ५ लाख ५९ हजार ७६ मत बदर भएको हो ।

गण्डकीका ११ जिल्लामध्ये तनहुँमा सबैभन्दा धेरै ५।६५ र सबैभन्दा कम मनाङमा ०।३९ प्रतिशत बदर भएको छ ।

समानुपातिकतर्फ भने धेरै अर्थात् ५।७३ प्रतिशत मत गोरखामा बदर भएको छ । थोरै अर्थात् ०।९५ प्रतिशत बदर मनाङमा भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);