काठमाडौं । मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ ।
आज कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक १४.२२ अंक अर्थात ०.७६ प्रतिशत बढेर १८७३.११ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो कारोबार दिन ८८ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २५७ स्टकको २३ हजार ३४४ पटकको कारोबारमा ९३ करोड ८ लाख ३९ हजार रुपैयाँ बराबरको ३० लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।