श्रीमान्को ज्यान लिने श्रीमतीहरु ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

श्रीमान्को ज्यान लिने श्रीमतीहरु ( भिडियो रिपोर्ट )

सन्दीप रिजाल \ माउन्टेन टेलिभिजन एचडि ।

काठमाडौँ पौष ०५ । देशमा पछिल्लो समय कर्तव्य ज्यानका घटनाहरु वृद्धिहुँदै जान थालेका छन् । दैनिक २ जनाको दरले हत्याका घटना हुने गरेको तथ्यांक छ । गत तीन आर्थिक वर्षमा १ हजार ८ सय ४२ वटा हत्याका घटना भएको प्रहरीको तथ्याङक छ।  ६ सय ९६ हत्याका घटना परिवार र नाता सम्बन्धमै भएका छन् । परिवार र नातासम्बन्धभित्र घटेका घटनामा सबै भन्दा बढी श्रीमान्ले श्रीमतीको हत्या गरेको पाइएको छ।

जसमा २ सय ३६ श्रीमतिलाई श्रीमानले हत्या गरे । त्यसैगरी १ सय १८ व्यक्ति श्रीमतिद्वारा मारिए । गएको तीन आर्थिक बर्षमा छोराले ७२ आमाबाबुको, बाबुआमाले ४२ छोराछोरीको, छोरा बुहारीले २८ आमाबाबुको, आमाले १७ नवजात शिसुको, सौतेनी आमा र बाबुले ११ छोराछोरीको, घरपरिवारले २२ घरपरिवार सदस्यको, दाजुले २७ भाईबहिनी, काका काकीले भतिजाभतिजी, बुहारीले सासुससुरा जेठानी, जेठाजु, देवरले भाउजू, भिनाजुले सालासाली, नाती नातिनाले हजुरबा हजुरआमा, मामाले भान्जाभान्जी, भान्जाले मामा लगाएतका नाता सम्बन्धभित्र नै हत्या गरेको प्रहरीको तथांङ्क छ।

यसरी परिवार, नाता सम्बन्धभित्रै हत्या हुनुमा आवेग, शंका, अविश्वास, आर्थिक सामाजिक र सांस्कृतिक लगाएत पक्षमा आएको विचलन नै मुख्य कारण हुन् । जसले गर्दा परिवारभित्र द्वन्द्व बढ्ने र त्यसले ज्यानै लिने सम्मका घटना हुनेगरेको मनोविद्हरुको भनाइ छ।

परिवार र नाता सम्बन्धभित्रै हत्या जस्ता जघन्य अपराध हुनुले पछिल्लो समय मानिसहरुमा आपराधिक सोचाइको विकास हुँदै गएको भन्ने बुझ्न सकिन्छ । त्यसैले यस्ता घटना हुन नदिनका लागि पारिवारिक आर्दश, कर्तव्य र अनुशासनमा आएको विचलनलाई रोक्नु पर्ने देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);