काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको भोलि निर्वाचन हुँदैछ ।
आज उम्मेदवारी दर्ता गर्ने दिन नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाको समुहको छलफल सकिएको छ ।
छलफलमा दुवै नेताले उम्मेदवारी दिने बारे अडान नछाडेपछि सहमति जुट्न नसकेको छलफलमा उपस्थित एक नेताले बताए ।
लैनचौरको हाटेल एम्बास्डरमा संसदीय दलको उम्मेदवार को भन्नेबारे छलफल भएको थियो ।
तर बैठकमा उपसभापति धनराज गुुरुङ, नेताहरु अर्जुन नरसिंह केसी, मिनेन्द्र रिजाल, बलबहादुर केसी र दिलेन्द्र बडु लगायतको उपस्थित भएका छन ।
३ बजेसम्म आज उम्मेदवारी दर्ताको समय तोकिएको छ।