अर्जेन्टिनाले जित्यो विश्वकप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

अर्जेन्टिनाले जित्यो विश्वकप

एजेन्सी, ३ पौष । अर्जेन्टिनाले कतार विश्वकप जितेको छ । फाइनलको रोचक भिडन्तमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिनाले विश्वकप जितेको हो ।

लियोनल मेस्सीबाट प्रेरित अर्जेन्टिनाले पेनाल्टीमार्फत् अग्रता लिएको थियो । पहिलो हाफमा दुई गोलले अघि रहेपनि दोस्रो हाफमा फ्रान्सले लगातार दुई गोल गर्दै बराबरी गर्यो ।

खेलको अतिरिक्त समयमा अर्जेन्टिनाले मेस्सीको गोलबाट अग्रता लिएपनि पेनाल्टीमार्फत् अम्बाबेले गोल गरी विश्वकप फाइनलमा ह्याट्रिक गरी टोलीलाई बराबरीमा राखेका थिए ।

पेनाल्टीमा फ्रान्सका खेलाडीको एक गोल अर्जेन्टिनाका खेलाडीले बचाए । अर्को एक प्रहार बाहिर गयो । अर्जेन्टिनाका चार खेलाडीले गोल गरी सुटआउट ४-२ रह्यो ।
अर्जेन्टिनाले योसहित तीनपटक विश्वकप जितेको छ । फ्रान्सले दुईपटक जितेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);