काठमाडौं, ३ पुस । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । साताको कारोबारको पहिलो दिन आज सुनको मुल्य प्रतितोला ६ सय रुपैयाँले बृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएका छापावाल सुन आज प्रतितोला १ लाख ५ सय रुपैयामा कारोबार भइरहेको छ ।
त्यस्तै, आज तेजाबी सुनको मुल्य प्रतितोला एक लाख रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार ९९ रुपैयाँ ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मुल्य पनि शुक्रबारको तुलनामा १० रुपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा खरिद विक्रि भइरहेको महासंघले जनाएको छ ।