इरानमा सरकारको आलोचना गर्ने ओस्कार विजेता अभिनेत्री पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

इरानमा सरकारको आलोचना गर्ने ओस्कार विजेता अभिनेत्री पक्राउ

एजेन्सी, ३ पुस । इरानमा तीन महिनादेखि हिजाब विरोधी प्रदर्शन भइरहेको छ । यसैबीच प्रहरीले ओस्कार अवार्ड विजेता चलचित्रकी अभिनेत्री तरानेह अलिदोस्तीलाई पक्राउ गरेको छ । उनले आन्दोलनकारीलाई मृत्युदण्ड दिने सरकारको आलोचना गरेकी थिइन ।

अलिदोस्तीले एक हप्ताअघि इन्स्टाग्राममा तस्बिर पोस्ट गरेकी थिइन् । फोटोमा उनले हिजाब लगाएकी थिइनन् । अभिनेत्रीले मोहसिन शेखरीलाई दिइएको मृत्युदण्डको विरोध गरेकी छन् । यो तस्विरलाई १० लाखभन्दा बढी पटक लाइक गरिएको छ । तर, उनको इन्स्टाग्राम एकाउन्ट बन्द गरिएको छ । उनका ८ मिलियन भन्दा बढी फलोअरहरू थिए। तरानेह अलिदोस्ती इरानकी चर्चित अभिनेत्री हुन्। उनले आफ्नो एउटा चलचित्रका लागि २०१६ मा ओस्कार अवार्ड पाएकी थिइन ।

डिसेम्बर ९ मा मोहसेन शेखरी नामका युवकलाई इरानको अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । तरानेहले यो सजायको बिरूद्ध एक इन्स्टाग्राम पोस्ट गरिन । मोहसेन शेखरीलाई देशको सुरक्षा बलका एक सदस्यलाई चक्कुले आक्रमण गरेको र तेहरानमा सडक अवरुद्ध गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको थियो।

पोस्टमा तरानेहले आफ्नो एउटा तस्विर पनि पोस्ट गरेकी छिन्, जसमा उनले एउटा कागज समातेको देखिन्छ । यसमा ‘महिला, जीवन, स्वतन्त्रता’ लेखिएको छ । यो नारा इरानका महिलाहरूले सरकारविरुद्ध प्रयोग गरिरहेका छन्। मिडिया रिपोर्टका अनुसार तरानेहले युवकको मृत्युमा आफू निर्दोष भएको दाबी गरीन तर प्रमाण भने दिइनन् । सोही कारण उनलाई पक्राउ गरिएको हो ।
अलिदुस्ती ३८ वर्षकी भइन् । उनले हालसम्म १७ वटा फिल्म गरिसकेकी छिन् । उनले ओस्कार विजेता फिल्म ‘द सेल्सम्यान’ मा काम गरिसकेकी छन् ।

फिल्मलाई निर्देशक सामिया मिरसाम्सी हुन । उनले अलिदुस्तीलाई पक्राउ गरिएको बताइन तर, उनीहरुलाई पक्राउ गरी कहाँ राखिएको हो भन्ने खुल्न सकेको छैन । निर्देशकको भनाइको केही समयपछि सरकारी सञ्चारमाध्यमले अभिनेत्रीलाई पक्राउ गरेको पुष्टि गरेको थियो ।

उनका बुबा हमिद अलिदोस्ती इरानको राष्ट्रिय टोलीबाट फुटबल खेल्थे। उनी विदेशी टोलीबाट खेल्ने पहिलो इरानी खेलाडी थिए। अलिदुस्तीले १७ वर्षको उमेरमा अभिनय सुरु गरेकी थिइन् । उनले आफ्नो पहिलो फिल्मको लागि २००२ मा लोकार्नो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा कांस्य चितुवा पुरस्कार प्राप्त गरिन। उनले अहिलेसम्म १७ वटा चलचित्र गरिसकेकी छिन् भने ८ वटा प्रमुख अवार्ड जितिसकेकी छिन् । फिल्म ‘द सेल्सम्यान’ले २०१६ को ओस्कार अवार्ड जितेको थियो । यसमा अलिदोस्तीको पनि अभिनय थियो ।

नोभेम्बर २१ मा प्रहरीले इरानका दुई चर्चित अभिनेत्रीलाई पक्राउ गरेको थियो । दुवै इरानमा भइरहेको विरोध प्रदर्शनको समर्थनमा थिए। हेङ्गमेह गजियानी र कातयुन रियाहीले लगातार सरकारविरुद्ध बयान दिइरहेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);