राजनीति

रेशम चौधरीलाई भेटेर आएपछि गच्छदारले भने– सोचेको भन्दा परिपक्व भएछन्

काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । डिल्लीबजार कारागारमा शनिबार उनीहरूबीच करिब एक घन्टा छलफल भएको बताइएको छ ।

गच्छदारले रेशमलाई भेटेर सोचेभन्दा परिपक्व भएको पाएको बताए । उनले रेशम चौधरीसँग सहकार्यका लागि आफू तयार रहेको समेत बताए ।

उनले थारू छोरालाई जेलमा कोचेको भन्दै सरकारसँग आपत्तिसमेत जनाए । उनले अध्यादेश प्रमाणीकरण गरेर पीडित थारूहरूको रिहाइ गर्नुपर्ने बताएका थिए । त्यसका लागि माइतीघर मण्डलामा धर्नामा बस्न आफू तयार रहेको उनले बताएका थिए ।

Related Post
Share

This website uses cookies.