पंकज चौधरीलाई छुटाउन मुद्दा दर्ता | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

पंकज चौधरीलाई छुटाउन मुद्दा दर्ता

काठमाडौं, १ पुस । श्रीमतीमाथि घरेलु हिंसा गरेको अभियोगमा प्रहरी नियन्त्रणमा रहेका डा.पंकज चौधरीलाई छुटाउन परिवारले मुद्दा दायर गरेको छ ।

पंकजका बुवा रामप्रेश चौधरीले छोरा पंकजलाई छुटाउन उच्च अदालतमा बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गराएका स्रोतले जनाएको छ ।

पंकजको श्रीमती नेहा चौधरीले उनीविरुद्ध आफूमाथि कुटपिट गरेको र दाइजो नल्याएको भन्दै आरोप लगाउदै जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गरेकी थिइन् । पंकजलाई केही दिन अघि महोत्तरी नियन्त्रणमा लिएर प्रहरीले अनुुसन्धान गरिरहेको छ ।

रामगोपालपुर नगरपालिका–५ बस्ने डा.चौधरीले पत्नी नेहालाई घरभित्र पस्न नदिएपछि उत्पन्न भएको विवादले उग्ररुप लिँदै आन्दोलनमा परिणत भएपछि रामगोपालपुरमा प्रहरी र स्थानीयबीच झडप भएको हो । झडप हुँदा बिहीबार पाँच जना प्रहरी घाइते भएका छन् ।

Leave a Reply