काठमाडौं, १ पुस । कञ्चनपुरमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्युु भएको छ ।
पुर्वपश्चिम महेन्द्र राजमार्गस्थित सुडामा ना७ख ६५२१ नम्बरको बसले साइकलमा सवार कविराज बैजलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मृतक बैज महेन्द्रनगरस्थित कञ्चन विद्यामन्दिरमा स्नातक तहको प्रथम वर्षमा अध्ययनरत थिए ।
उनलाई कलेज जाने क्रममा बसले ठक्कर दिएको होे । बैजको निधनपछि स्थानीयले पूुर्व पश्चिम राजमार्ग बन्द गराएका छन् ।