विप्लव समुहले देशव्यापी आन्दोलन गर्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

विप्लव समुहले देशव्यापी आन्दोलन गर्ने

biplov

काठमाडौं, १ पुुस । जेलमा रहेका रेशम चौधरीलगायतलाई छुटाउने गरी सरकारले ल्याएको अध्यादेश जारी गर्न नेत्रविक्रम चन्द ”विप्लव” नेतृत्वको नेकपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेकपाले राष्टपतिसमक्ष सरकारले पेश गरेको अध्यादेश रोक्न खोजिएको भन्दै संर्घषका कार्यक्रम सार्वजनिक गरेको हो ।

विप्लव समुहको सरकारसँग तीन बुँदे सहमति गरेअनुसार ल्याइएको अध्यादेश कुनै पनि हालतमा रोक्न नहुने तर्क छ ।

नेकपाले पुस १ गते देशव्यापी रुपमा गाउँदेखि शहरसम्म प्रदर्शन गर्ने भएको छ । पार्टीले २ गते देशव्यापी रुपमा कोणसभाको आयोजना गर्ने भएको छ । त्यसैगरी, ३ गते देशव्यापी सदरमुकाम र मुख्य शहरमा अन्तक्रिया, ४ गते साँझ देशव्यापी मसाल जुलुस र ५ गते बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गर्ने भएको छ ।

राष्टपतिले अध्यादेश प्रमाणीकरण गरेमा रेशम चौधरी, सिके राउत,नेत्रविक्रम चन्द लगायतले नेतृत्व गरेको दलका नेता तथा कार्यकर्ता जेलबाट छुट्न पाउनेछन् । उक्त अध्यादेशविरुद्ध अधिवक्ता कपिलदेव ढकाल र राजेन्द्र दंगाल तथा पूर्वसचिव द्धारिकानाथ ढुंगेलले दिएको रिट सर्वोच्चले खारेज गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);