कस्तो छ आजको मौसम ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कस्तो छ आजको मौसम !

काठमाडौं, १ पुस । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तराईमा हुसु लागेको छ भने पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति पहाडी भूभागमा आंशिक बदलीको आकलन गरिएको छ ।

शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । प्रदेश १ र गण्डकीका पहाडी भूभागको एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);