काठमाडौं महानगरपालिकाअन्तर्गतका सबै कार्यालय आज बन्द | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८३, बिहीबार

काठमाडौं महानगरपालिकाअन्तर्गतका सबै कार्यालय आज बन्द

काठमाडौं। काठमाडौं महानगरपालिकाले विभिन्न कार्यक्रम गरी आज  २८औं महानगर दिवस मनाइरहेको छ।

कार्यक्रम मनाउने क्रममा काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालयसहित मतहतका सबै कार्यालय आज बन्द गरेको छ।

महानगरले एक सातादेखि नै विभिन्न कार्यक्रम आयोजना गरी महानगर दिवस मनाइरहेको छ। जनप्रतिनिधि र कर्मचारीबीचको फुटबल, फोहोर वर्गीकरण गर्न सचेतना, निःशुल्क स्वास्थ्य शिविर जस्ता कार्यक्रम गरिरहेको छ।

Leave a Reply

ताजा समाचार