काठमाडौं। निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेका हुन् । प्रतिनिधि सभाको नतिजाको प्रतिवेदन राष्ट्रपति र प्रदेशसभाको प्रदेश प्रमुख समक्ष बुुझाउने प्रावधान छ।
संघमा २ सय ७५ र प्रदेशमा ५ सय ५० गरी ८ सय २५ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । आयोगले प्रदेशसभाको प्रतिवेदन भने पुुस २ भित्र प्रमुखहरुलाई बुुझाउने योजना बनाएको छ।