काठमाडौंबाट कति सांसद निर्वाचित भए ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

काठमाडौंबाट कति सांसद निर्वाचित भए !

काठमाडौं, २९ मंसिर । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको अन्तिम नामावली सार्वजनिक गरेको छ । काठमाडौं जिल्लाले मात्र ५२ जना सांसद पाएको छ । अब काठमाडौंका प्रतिनिधि सभा र प्रदेश सभा सांसद गरी ५२ जनाले संसद भवनमा प्रतिनिधित्व गर्नेछन् ।

तीसवटा प्रत्यक्ष निर्वाचन क्षेत्र रहेको काठमाडौंमा यो चुनावबाट थप २२ जनाले समानुुपातिक तर्फबाट सांसद बनेका छन् । समानुपातिक तर्फको अन्तिम नामावली अनुसार प्रतिनिधिसभामा २० र प्रदेशसभामा १४ जना सांसद भएका छन् ।

समानुपातिक तर्फ कांग्रेसले ६, एमालेले ४, एकीकृत समाजवादीले एक, राप्रपाले २ तथा हाम्रो नेपाली पार्टीले एक सांसद निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र)ले काठमाडौंमा जनप्रतिनिधि गुमाएको छ । एक जना पनि प्रतिनिधि सभा तथा प्रदेशसभातर्फ समानुपातिकमा उम्मेदवार उठाएन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);