बेलायतमा आप्रावासी बोकेको डुंगा दुर्घटना, ४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

बेलायतमा आप्रावासी बोकेको डुंगा दुर्घटना, ४ जनाको मृत्यु

लन्डन, २९ मंसिर । फ्रान्सबाट बेलायती किनारतर्फ जाँदै गरेको आप्रवासीहरूले भरिएको एउटा सानो डुंगा इङ्लिस नहरको पानीमा पल्टिँदा चार जनाको मृत्यु भएको बेलायत सरकारले जनाएको छ ।

फ्रान्सेली र बेलायती नौसेनाहरूसँग काम गर्ने लाइफबोट, हेलिकप्टर र उद्धार टोलीहरू घटनास्थल पुगेका थिए ।

मानव बेचबिखन गर्ने आपराधिक गिरोहले गैरकानुनी ढंगले आप्रावासीलाई तेस्रो देशमा लैजाने क्रममा बारम्बार डुंगा दुर्घटना बढ्ने गरेका छन् । यी विषयलाई नियन्त्रण गर्न आप्रवासन प्रधानमन्त्री ऋषि सुनकको सरकारको मुख्य प्राथमिकताको मुद्दा बनेको छ ।

तटीय गार्डको नेतृत्वमा खोज र उद्धार कार्यपछि चार जनाको मृत्यु भएको पुष्टि भएको प्राप्त विवरण जनाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।
यसअघि सन् २०२१ को नोभेम्बरमा एउटा डुंगा समुद्र पार गर्ने प्रयास गर्दा इङ्लिस नहरमा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);