होलीको रमझम | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

होलीको रमझम

अप्सरा गौतम । २९ फाल्गुन, काठमाडौं । आज रंगहरुको पर्व होलि अर्थात फागुपुर्णिमा हरेक वर्ष फागु शुक्ल पुर्णिमाको दिन यो पर्व हर्सोलाका साथ मनाउने गरिन्छ । एकसाता अघि काठमाडौंको बसन्तपुरमा चीर ठडाएपछि शुरु भएको फागु पुर्णिमा असत्य माथि सत्यको बिजय भएको उत्सबका रुपमा एक अर्कामा रंग दलेर मानाउने गरिन्छ ।

असत्य माथि सत्यको बिजय भएको र आशुरी शक्तिकी द्योतक होलिकालाई आगोले भष्मगरि सत्यवादि भक्त प्रल्हादको उद्घार भएको धार्मिक कथन संग जोडेर यस पर्व लाई खुसी र उत्सवको रुपमा मनाउने गरिन्छ  । नेपालको पहाडी जिल्लामा पुर्णिमाको दिन यो पर्व मनाईन्छ भने तराईका जिल्लाहरुमा भने पुणिमाको भोलीपल्ट मनाउने चलन रहेको  छ ।

एकआपसमा रंग र अविर दलेर खुसि साटासाट गर्दै मनाउने यो पर्वको बेग्लै धार्मिक, सास्कृतिक र सामाजिक महत्व रहेको छ । बिशेष गरेर एकअर्कामा भात्रृत्व प्रेम साटासाट गरेर मनाउने यो पर्वले पछिल्लो समय विकृतीको रुप लिएको छ । जवर जस्ती अरुलाई रंग प्रयोग गर्ने,एक महिना अगाडी बाट बाटोमा हिडने मानिशहरुलाई लोलाले हान्ने र मदिरा सेवन गर्ने जस्ता क्रियाकलापहरु गरेर सदभाव साटने यो पर्व विकृतीको रुपमा परणित भएकोे थियो । तर अहिले  आएर विकृतीमा भने केही कमी आएको देखिन्छ । पछिल्लो समय चोक चोकमा समुह बानाई र विभिन्न संघसस्था मिलेर  हर्साेल्लाका साथ यो पर्व मानाउने गरेको देखिन्छ ।

नेपालीहरुको खुसी र उल्लासमयपर्व होलीका अबसरमा पाटन दरबार स्क्वायरमा आयोजित माउन्टेन मेघा होली समारोहको  पदमागु्रप द्घारा संचालित माउन्टेन टेलिभिजन र भक्ति दर्शन ईन्टरनेशनल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । सो कार्यक्रममा सर्वसाधारणको  उत्साहजनक सहभागिता रहेको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);