काठमाडौं,२९ मंसिर । आज निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने भएको छ । प्रतिनिधि सभाको नतिजाको प्रतिवेदन राष्ट्रपति र प्रदेशसभाको प्रदेश प्रमुख समक्ष बुुझाउने प्रावधान छ ।
आज राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रस्तुत गरिने आयोगले जनाएको छ ।
संघमा २ सय ७५ र प्रदेशमा ५ सय ५० गरी ८ सय २५ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । प्रदेशसभाको प्रतिवेदन भने पुस २ भित्र प्रमुखहरुलाई बुझाउने आयोगको योजना छ ।