शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान पुर्‍याउँछः राष्ट्रपति भण्डारी | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८२, बिहीबार

शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान पुर्‍याउँछः राष्ट्रपति भण्डारी

rastrapati bidhyadevi bhandari

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान पुर्‍याउँने बताएकी छन् ।

राष्ट्रपति भण्डारीले मानिसलाई असल, योग्य, सक्षम र प्रतिस्पर्धी बनाउन शिक्षाको महत्वपूर्ण भूमिका रहेको बताएकी हुन् । काठमाडौँ महानगरपालिका–४ स्थित बाँसबारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा राष्ट्रपति भण्डारीले आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कार्यमा थप सफलता मिल्ने विश्वास व्यक्त गरिन् ।

त्यस्तै राष्ट्रपति भण्डारीले राष्ट्रको समृद्धि तथा विकासका निम्ति स्रोत र साधनको पहिचान गरी त्यसको दिगो उपयोग गर्न आवश्यक व्यवस्थापकीय क्षमताको विकास गर्नु नै शिक्षाको मूलभूत उद्देश्य रहेकोसमेत बताएका थिए ।

Leave a Reply