माउन्टेन टेलिभिजन एचडि। स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले स्वास्थ्यमा जनताको पहुँच पुराउन आफुले सक्दो प्रयास गरेको बताउनु भएको छ।
माउन्टेन टेलिभिजनको कार्यक्रम आजको सन्र्दभमा उहाले यस्तो बताउनु भएको हो। स्वास्थ्य मन्त्री भएको ५ महिना मात्र भएको हुदा पुरानै कामलाई निरन्तरता दिएको स्वास्थ्य मन्त्री खापुङको भनाई छ। कार्यक्रममा स्वास्थ्य मन्त्री खापुङले स्वास्थ्य उपचार सम्बन्धी सुधारका कार्यक्रम तथा स्वास्थ्य निशुल्क बनाउन अभियानमै मन्त्रालय लागेको बताउनुभयो।
आफु मन्त्री भएरु आएपछि जनलो महसुस गर्ने गरी काम गरेको उहाँको दावी छ। स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउनको लागि मन्त्रालयले दशेभरी स्वास्थ्य अस्पताल निर्माण गर्न लागेको बताउनुभयो ।