चितवन, ५ पुष । बुधबार बिहान नारायणगढ–मुग्लिन सडकखण्डल अन्तर्गत काली खोलामा रहेको पुल भासिएको पछि गाडीको आवतजावत प्रभावित भएको छ ।
अहिले यो ठाउँबाट एकतर्फी मात्रै गाडी पास भइरहेको र दुईतर्फी रुपमा गाडी चलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
चितवनमा पर्ने काली खोला क्षेत्रलाई दुर्घटना धेरै हुने ठाउँको रुपमा चिनिन्छ । प्रहरीका अनुसार पुलको दायाँ बायाँ नै खोला भएको र सडक पनि साँघुरो भएकाले यो क्षेत्रलाई जोखिम युक्त क्षेत्रमा राखिएको हो ।