माओवादीमा समानुपातिकको ‘एक पुरुष’का लागि विवाद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

माओवादीमा समानुपातिकको ‘एक पुरुष’का लागि विवाद

काठमाडौं, २३ मंसिर । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक समानुपातिक सांसदको अन्तिम सूची नटुंग्याएरै सकिएको छ । बैठक भोलि फेरि बस्नेगरी सकिएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा पुनः छलफल गर्ने गरी सकिएको बताइएको छ ।

माओवादीले समानुपातिकतर्फ १४ सिट पाएको छ । माओवादीले त्यसमध्येमा १२ जना महिला पठाउनै पर्ने भएको छ । यसरी हेर्दा माओवादीमा समानुपातिकमा २ जना पुरुषले मात्र स्थिान पाउने भएका छन् ।

दुई पुरुष मध्य आजको बैठकमा एक जनाको नाममा भने सहमति जुटेको बुझिएको छ । आजको बैठकमा हितराज पाण्डेको नाममा सहमति जुटेको हो ।

संसदलाई समावेशी बनाउनुपर्ने कारण र प्रत्यक्षमा माओवादी नेतृहरुको हार भएपछि समानुपातिकको सूचीमा रहेका पुरुषहरु न्यून मात्रामा अट्ने भएका हुन् । यसले माओवादीका पुरुषहरुमा विवाद देखिएको छ ।

समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुन विद्हरुसँग छलफल गरेर भोलि टुंगो लगाइने सचिव लीलामणि पोखरेलले जानकारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);