काठमाडौं, २२ मंसिर । लुइस भितनका मालिक बर्नार्ड अर्नाल्टले विश्वकै धनी व्यक्ति एलन मस्कलाई उछिनेका छन् ।
चर्चित फेसन ब्रान्ड लुइस भितनका मालिक अर्नाल्टले मस्कलाई उछिनेको फोर्ब्स म्यागेजिनले उल्लेख गरेको छ ।
अर्नाल्टको हालको कुल सम्पत्ति १८६.२ अर्ब डलर रहेको छ भने मस्कको सम्पत्ति १८५.४ अर्ब डलरमा झरेको छ ।
टेस्लाको शेयर ओरालो लाग्दा मस्कको सम्पत्ति घटिरहेको बताइएको छ ।




