मलेसियालाई ७२ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

काठमाडौँ, १ पौष । एसीसी यू(१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तगर्त भएको सेमिफाइनल खेलमा मलेसियालाई ७२ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ।

नेपालले दिएको १२८ रनको सामान्य लक्ष्य पछ्याएको मलेसिया २१.१ ओभरमा ५५ रनमा अलआउट भएको थियो।नेपालका लागि किफायती बलिङ गरेका सूर्य तामाङले ७ ओभरमा ३ मेडन राख्दै १२ रन मात्र दिएर ४ विकेट लिए। यस्तै नेपाली इनिङ्समा सर्वाधिक २७ रन बनाएका प्रतिसले पनि ३ विकेट झारे।

मलेसियाका लागि सन्देश सुपारामानियमले सर्वाधिक १६ रन जोडे। बाँकी खेलाडीले दोहो अंक समेत छुन सकेनन्।

त्यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेटको नोक्सानीमा १ सय २७ रन बनाएको थियो । आठौं नम्बरमा ब्याटिङ गरेका प्रतिश जिसीले टोलीका लागि सर्वाधिक २५ भने नारायण जोशी र सुनिल भण्डारीले समान १७ रन जोड्न सफल भए।

त्यस्तै ओपनर कुशल मल्ल ६, राजन मगर ११ रन, विक्रम केसीले १५ रन, कप्तान रित गौतमले ११ रन र त्रितराज दासले १३ रन बटुले। मलेसियाको लागि मोहम्मद अफिकले सबैभन्दा बढी ३, असलम खानले २ विकेट लिए ।

शनिबार नै भएको अर्को खेलमा सिंगापुर विजयी भएको छ। नेपालले अब उपाधिका लागि सिंगापुरसँग भिड्ने छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);