पुटिनसँग वार्ता गर्ने बाइडेनको आसय छैनः ह्वाइटहाउस | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

पुटिनसँग वार्ता गर्ने बाइडेनको आसय छैनः ह्वाइटहाउस

न्युयोर्क। अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने कुनै आसय नरहेको बताएका छन् । ‘बाइडेनको रुसी राष्ट्रपति पुटिनसँग वार्ता गर्ने कुनै आशय छैन। पुटिनले पनि कुनै पनि वार्ता प्रति झुकाव राख्ने चासो  देखाएका छैनन् ’, ह्वाइट हाउस नेसनल सेक्युरिटी एडभाइजर जोन किरबाइले सञ्चारकर्मीलाई भने । बाइडेनले  फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको संयुक्त पत्रकार सम्मेलनमा क्रेमलिन नेताले “युद्ध अन्त्य गर्ने बाटो खोजिरहेका छन् भने“ युक्रेन आक्रमणको समाधानका लागि पुटिनसँग वार्ता गर्न इच्छुक रहेको बताएका थिए ।

तर, क्रेमलिनले बाइडेनको अस्थायी प्रस्तावलाई स्वीकार गरेन । क्रेमलिन , प्रवक्ता दिमित्री पेस्कोभले बाइडेनको शर्त  “पुटिनले युक्रेनमा हमला गर्न छोडेपछि मात्र“ भएको बताए ।

यसैबीच किर्बीले पश्चिमले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुससँग वार्ता गर्न दबाब नदिएको बताए । युक्रेनी सेनाले आक्रमणकारी सेना विरुद्ध बारम्बार सफलता हासिल गरेको छ।

Leave a Reply

ताजा समाचार