सिंजा क्षेत्रका ३७० घरधुरी बाढीपहिराे प्रभावितलाई राहत प्रदान | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८१, आइतबार

सिंजा क्षेत्रका ३७० घरधुरी बाढीपहिराे प्रभावितलाई राहत प्रदान

जुम्ला। जुम्लाको सिंजा उपत्यकमा पर्ने तीनवटा गाउँपालिकाका ३७० घरधुरीलाई राहत वितरण गरिएको छ। कनकासुन्दरीका १५० घरधुरी, हिमा गाउँपालिका १२० घरधुरी र सिंजा गाउँपालिका एक सय घरधुरी गरी ३७० घरधुरीलाई बाढीपीडितलाई  राहत वितरण गरिएको हो।

गएको असोज अन्तिम साता अविरल वर्षासँगै आएको बाढीपहिरोले सिंजा उपत्यकामा पर्ने तीनवटा पालिका सबैभन्दा धेरै धनजनको क्षति भएको थियो ।

उक्त क्षेत्रका बाढीपहिरो प्रभावित घरधुरीलाई प्लान इन्टरनेशनल नेपालको सहयोग त्रिपाल, कम्बल, झुल, पीफम, लेम्प (विजुली), डोरीसहित राहत सामग्री वितरण गरिएको पेस नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टले बताए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);