अब मात्र चार निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८०, मंगलबार

अब मात्र चार निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी

काठमाडौं। प्रतिनिधिसभातर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म एक सय ६१ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । अब मात्र चार निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी छ। जसमध्ये सु्नसरी ४ मा मतगणना अन्तिमतिर पुगेको छ । सो क्षेत्रमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीश कुसियैतबीच कडा प्रतिस्पर्धा भइरहेको छ। बाजुरा र स्याङ्जा २ मा बुधबार साँझदेखि मतगणना सुरु हुने भएको छ । निर्वाचन आयोगले दुवै क्षेत्रमा पुनः मतदान नगर्ने निर्णय गरेसँगै आजैदेखि मतगणना हुने भएको हो। त्यसका लागि अहिले बाजुरा र स्याङ्जा २ मा सर्वदलीय बैठक बसिरहेको र मतगणना सुरु हुने सम्बन्धित निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएका छन् । बाजुरामा कांग्रेसका बद्री पाण्डे र एमालेका कर्णबहादुर थापाबीच प्रतिस्पर्धा छ। स्याङ्जा २ मा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्मा अर्यालबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै दोलखामा भने बिहीबार पुनः मतदान हुँदैछ । निर्वाचन आयोगले दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको हो।

निर्वाचन भई मतगणना गर्दा कम्तीमा पाँच दिन दिन लाग्ने भएकाले निर्वाचन आयोगले तोकेको समयभित्र प्रतिनिधिसभातर्फको अन्तिम नतिजा सार्वजनिक हुन ढिलाइ हुने भएको छ।

Leave a Reply