मतगणना नसकिँदै बाजुराको बुढीगंगामा एमालेको विजय सुनिश्चित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मतगणना नसकिँदै बाजुराको बुढीगंगामा एमालेको विजय सुनिश्चित

काठमाण्डौं । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर तथा उपमेयर पदमा नेकपा एमालेका उम्मेदवार विजयी हुन सुनिश्चित भएको छ । आइतबार प्राप्त पछिल्लो मत परिणामअनुसार करिब ५०० मत गन्न बाँकी हुँदा मेयर र उपमेयरका उम्मेदवारले सो भन्दा बढीको अग्रता बनाइसकेका छन् । खसेको मध्ये ८ हजार ६१७ गणना हुँदा एमालेबाट मेयरका उम्मेदवार रामबहादुर खातीले ४ हजार ५५५ मत पाएका छन् । यस्तै नेपाली काँग्रेसका उम्मेदवार रंगबहादुर खातीले ३५९७ मत पाएका छन् ।

उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ४ हजार ४८० मत पाउँदा काँग्रेस उम्मेदवार रिता शाही मात्र ३ हजार ६०० मत पाएकी छन् । बुढीगंगामा कुल ९ हजार ११७ मत खसेको थियो । बुढीगंगाको अन्तिम नतिजा आएसँगै वैशाख ३० मा भएको स्थानीय तह निर्वाचन औपचारिक मैझारो हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);