कामचलाउ सरकारको निर्णय मान्न बाध्य छैनौँ : माधव नेपाल | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

काठमाण्डौँ, २९ मंसिर । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले कुनै नियुक्ति गर्नैपर्ने संवैधानिक वाध्यता भए छलफल गरेर मात्रै निर्णयमा पुग्नुपर्ने बताएका छन् ।

प्रदेश प्रमुख नियुक्तिको तयारीप्रति संकेत गर्दै उनले कामचलाउ भइसकेको सरकारले गरेको निर्णय मान्न आफूहरु बाध्य नहुने जिकिर गरेका हुन् ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले यस्तो बताएका हुन् ।

वाम गठबन्धनका बहुमत आइकसेकोले सरकार निर्माणको तयारी शुरु भएको बताउँदै नेता नेपालले सरकार गठन र नेतृत्वमा कुनै विवाद नभएको दाबी गरे । यद्यपि, उनले सरकारको नेतृत्व कसले गर्नेभन्ने बारेमा भने केही पनि खुलाएनन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);