युक्रेन युद्धः विजुली नभएपछि अध्यारो बालकको मुटुको शल्यक्रिया | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८२, मंगलबार

युक्रेन युद्धः विजुली नभएपछि अध्यारो बालकको मुटुको शल्यक्रिया

किभ। राजधानी सहरमा रुसी क्षेप्यास्त्र हमला गरेपछि युक्रेनी शल्यचिकित्सकहरूको टोलीले अँध्यारो किभ अस्पतालमा एक बच्चाको मुटुको शल्यक्रिया गरेको देखाएको नाटकीय भिडियो सोशल मिडियामा भाइरल भइरहेको छ । ‘युक्रेनमा रुसीहरूले गरेको मिसाइल आक्रमणको क्रममा किभको हार्ट इन्स्टिच्युटमा बिजुली काटिएको थियो । यस समयमा शल्यचिकित्सकहरूले बच्चाको आकस्मिक हृदय शल्यक्रिया गरिरहेका थिए’, सामाजिक सञ्जाल प्रयोगकर्ता इरिना भोचुकले ट्वीटरमा लेखे।  करिब २ मिनेट लामो भिडियोलाई ट्वीटरमा १५ हजारभन्दा बढीले हेरेका छन् । फुटेजमा शल्यचिकित्सकहरूको टोलीले सीमित प्रकाशमा शल्यक्रिया जारी राखेको देख्न सकिन्छ । शल्यचिकित्सकको हेडलाइट बाहेक अँध्यारोले कोठा ढाकेको थियो। अपरेटिङ रुममा सामान्यतया देखिने उज्यालो ओभरहेड बत्ती पनि चलाइएको थिएन ।

न्युजवीकका अनुसार भिडियोमा देखिएका एक डाक्टरले भने, ‘आज हामी यसरी मुटुको शल्यक्रिया गर्छौं ।’ शल्यक्रियामा दुई मुटुको भल्भ बदल्न कार्डियोपल्मोनरी बाइपास गरिएको छ । ‘के भयो कसैलाई थाहा छैन, तर अपरेटिंग कोठा पूर्ण रूपमा कालो भयो’।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);