क्लब फरेनहाइटमा एक्सिस लाइभ इन काठमाडौं | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

क्लब फरेनहाइटमा एक्सिस लाइभ इन काठमाडौं

काठमाडौं। साङ्गीतिक व्याण्ड ‘एक्सिस’ पाँच वर्षपछि काठमाडौंमा ‘एक्सिस लाइभ इन काठमाडौं’मार्फत दर्शक माझ गुञ्जिने भएको छ। पीभीइ नेटवर्कको व्यवस्थापनमा आगामी मङ्सिर १६ गते शुक्रबार अर्थात् डिसेम्बर २ मा क्लबफरेनहाइटमा एक्सिसले कार्यक्रम गर्न लागेको हो। पाँच वर्षअघि एक्सिसले नेपालमा दर्शकको हाउसफूल उपस्थितिमा कन्सर्ट गरेको थियो । यो कन्सर्ट पछि एक्सिसले नेपाल बाहिर धेरै सफल कार्यक्रम गरेर दर्शकलाई मनोरञ्जन दिएको थियो । पीभीइ नेटवर्कका अनुसार एक्सिसको प्रस्तुती अघि झिल्के एण्ड द कम्पनीले दर्शकलाई झुमाउनेछ । पीभीइले प्रायोजक, कलाकार, इभेन्ट मेनेजमेन्ट कम्पनी, प्रोडक्सट टिम र मनोरञ्जनका अन्य क्षेत्रलाई नयाँ अनुभव दिन कार्यक्रम गर्न लागेको जनाएको छ।

नेपालमै पहिलोपटक लाइट, साउण्ड, एलइडी, क्यामरादेखि कलाकारको कोरियोग्राफीमा सम्बन्धित क्षेत्रका विज्ञको डिजाइनमा सेट तयार पारिनेछ । कार्यक्रमको प्री–सेल्स टिकट सबै सोल्ड आउट भएको छ र कार्यक्रमका लागि १ हजार र १५ सय टिकट मूल्य निर्धारण गरिएको छ। एक्सिसको स्थापना सन् २००३ मा भएको हो । विश्व अनलाइन स्ट्रिम प्लेटफमको रेङ्किङ अनुसार नेपालभरीको  बेण्ड क्याटेगोरीमा नेपथ्य, १९७४ एडी, अल्बट्रस र द एज भन्दा पहिलो स्थानमा एक्सिस रहेको छ । बार, क्लब र रेष्टुरेन्टमा गीत नगाउने यो व्याण्डले पहिलोपटक क्लबफरेनहाइटमा क्लोज इभेन्टमा प्रस्तुती दिँदैछ। व्याण्डले हालसम्म ‘ब्ल्याक एण्ड ह्वाइट(२००४)’, ‘माफ गरिदेउ(२००९)’, र ‘गाउँ घर (२०१७)’ गरी तीन एलबम श्रोता तथा दर्शकमाझ ल्याइसकेको छ। यता सन् २०१९ मा स्थापना भएको इन्डी रक व्याण्ड झिल्के एण्ड द कम्पनीलाई दर्शकले निकै मनपराएका छन् । यो व्याण्ड पछिल्लो पटक युवा दर्शकको रोजाइमा परेको छ । यो व्याण्डका ‘पंक्षीहरु’, ‘मलाई केही आउँदैन’, ‘निलो सुटकेस’ र ‘झिल्के फायर’ गीत छन् । यो व्याण्डले गत जुनमा ‘जवानीको जोश’ नामको एलबम बजारमा ल्याएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);