धनुषाका तीन निर्वाचन क्षेत्रमा एमालेको अग्रता | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८२, मंगलबार

धनुषाका तीन निर्वाचन क्षेत्रमा एमालेको अग्रता

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गत धनुषाका चारवटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ। हालसम्मको गणनाअनुसार धनुषाका तीनवटा क्षेत्रमा एमालेले अग्रता लिएको छ। धनुषा २ मा उमाशंकर अरगरिया, ३ मा जुलीकुमारी महतो र ४ मा रघुवीर महासेठले अग्रता लिएका छन् ।

धनुषा १ मा जसपाका दीपक कार्की अगाडि छन् । उनी एमाले–जसपा गठबन्धनका साझा उम्मेदवार हुन् । धनुषा २ मा अरगरियाले कांग्रेसका रामकृष्ण यादव, ३ मा महतोले लोसपाका अनिलकुमार झा र ४ मा महासेठले कांग्रेसका महेन्द्र यादवलाई पछि पारेका हुन् ।

Leave a Reply