डिजे मार्समेलो नआउँदा क्लब डेजाभुमा तोडफोड (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौँ, २८ मंसिर। राजधानीको दरबार मार्गमा रहेको निकै चर्चित क्लब डेजाभुमा बुधबार राती तोडफोड भएको छ। क्लबमा अमेरिकन डिजे मार्समेल्लो आउने तय भएको थियो तर, अन्तिम समयमा उनले अस्वस्थताको कारण देखाउँदै कार्यक्रममा उपस्थित नभएपछि दर्शकहरु आक्रमक भएका थिए।

प्रहरीका अनुसार तोडफोडपछि क्लबमा सामान्य क्षति भएको छ। समयमा नै क्लबमा पुगेको कारण ठुलो क्षति हुन नपाएको प्रहरीको भनाई छ। अत्याधिक दर्शकको चाप त्यसमाथि डिजे मार्समेलो उपस्थित हुन नसक्दा तोडफोड भएको प्रहरीको भनाई छ।

प्रत्यक्षदर्शीका अनुसार कार्यक्रम रद्द भएपछि अबेर राती क्लबमा उपस्थित दर्शकहरु तोडफोडमा उत्रिएका थिए । उनीहरुले बियरका बोतलहरु प्रहार गर्नुका साथै त्यहाँका समाग्रीहरु तोडफोड गरेका थिए ।

डिजे मार्समलोले भने आफु ज्वरो आएको कारण उपस्थित हुन नपाएको भन्दै सामाजिक सञ्जाल मार्फत माफि मागेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);